अनुभक्त चौधरी,सिरहा । सिरहाको लाहान नगरपालिका वडा न.१५ शोभापुर बस्ने जितेन्द्र चौधरीको गोलबजार नगरपालिका वडा नं. ६ कृष्ण मन्दिर स्थित मृत्यु भएको करीव एक महिना हुन लागे पनि गोलवजार प्रहरीले जाहेरी लिन मानेका छैनन् ।
जितु भनेर चिनिने जितेन्द्र चौधरी मंसिर २९ गते झुन्डिएको अवस्थामा गोलबजारमा फेला परेको थियो।मृतकको अवस्था शंकास्पद रहेको भन्दै मृतक परिवारले किटानी जाहेरी दिएका थिए तर गोलबजार प्रहरीले जाहेरी दर्ता गर्न नमानेका हो्ु।आईतवार दिउँसो एक पत्रकार सम्मेलन गरि पीडित पक्षले बिज्ञप्ति जारी गरेका छन् । बिज्ञप्तिमा लेखिएको
चौधरीको छोरा जिल्ला सिरहा लहान नगर पालिका वडा नं.१५ शोभापुर टोल बस्ने बर्ष ४५ को जितेन्द्र भन्ने जितु चौधरीलाई षड्यन्त्र रची झुन्ड्याई ज्यान मारेको छ । जितु चौधरी धामी गुणीको काम गर्नुहुन्थ्यो त्यसै सिलसिलामा जिल्ला सिरहा गोलबजार न।पा। वार्ड नं।६ कृष्ण मन्दिर टोल स्थित रामबाबु ठाकुर तथा निजको पत्नी कुमारी ठाकुरले बोका पुजा छ भनी मिति २०८०र०८र१७ गते बोलाएका थियो। त्यस पुजामा जितु चौधरीको पत्नी छोटनी देवी चौधरी कान्छी छोरी स्वस्तिका चौधरी सरिक हुनुभएको थियो । राति अवेर सम्म खाई पिई मिति २०८०र०८र२८ गते ३ बजे तिर दिउसोको समयमा तिनै जना आफ्नो घर फर्कन लाग्दा बाटोबाट जितु चौधरीलाई कुमारी ठाकुरले फर्काएर आफ्नो घर लगेका थिए। सोही राति ८ बजेको समय तिर कुमारी ठाकुरले छोटनी चौधरीलाई तिमी घर पुग्यौ सोधेका थिईन र जवाफमा छोटनी चौधरीले अँ पुगे भनेपछि फोन काटी दिएकी थिइन् । तत्त पश्चात फोन सम्पर्क भएन । मिति २०८०र०८र२९ गते दिउसो ५ बजे तिर इलाका प्रहरी कार्यालय गोलबजारको प्रहरी इन्स्पेक्टरले जितु चौधरीको कान्छो छोरा पवन चौधरीलाई फोन सम्पर्क गरी तिम्रो बुवा झुण्डिएर मरेको छ आउनु भने जानकारी गराउन साथ जेठो छोरा अजय चौधरी घटनास्थल पुगे पछि ढोकामा चुकुल कतैबाट पनि लागेको थिएन, कोठा पुरै खाली थियो र कपडाको डोरी ले जितु चौधरीको घाँटीमा बाँधेको र झुण्डयाएको तर दुवै खुट्टा खाटमा पूर्ण रुपमा छोएको अवस्थामा थियो। मिति २०८०र०८र३० गते सदगत गर्न र पोष्टमार्टमको लागी लाश लिई तत् पश्चात मिति २०८०र०९र१८ गते इलाका प्रहरी कार्यालय गोलबजारमा जाहेरी दिंदा सो इलाका प्रहरी कार्यालयका इन्स्पेक्टरले जाहेरी दरखास्त दर्ता गर्न मान्नु भएन र पोष्ट मार्टमको रिपोर्टमा ज्बलनष्लन शब्द मात्रै पढेर देखाइयो विस्तृत रुपमा पढ्न मांग्दा ज्बलनष्लन ज्यधभखभच म्भबतज भन्ने मात्रै पढ्न दियो ।
यो के भएको हो ज्बलनष्लन ज्यधभखभच म्भबतज भने पछि मरेकोलाई झुण्डीयाएको हुनुपर्छ कि त्यसै शब्दमा घटना सिघियो यही होईन तर किन जाहेरी दरखास्त गर्नुहुन्न हामी मिति २०८०र०९र१९ गते हुलाक मार्फत जाहेरी दरखास्त दर्ता गर्न पठाएको छु। सो जाहेरी दरखास्त दर्ता गरोस र यसरी षड्यन्त्र रची कर्तव्य गरी जितु चौधरीलाई ज्यान मारेको हुँदा घटनामा संलग्न अन्यायीहरुलाई यथासिघ्र पक्राउ गरी आवश्यक अनुसन्धान तथा घटना वारे सही सत्य कुरा उजागर गरी दोषीलाई प्रचलित ऐन कानुन बमोजिम हदै सम्मको दण्ड सजाय र कारवाही गरी मृतकको परिवारको मुनासिब क्षतिपूर्ति दिलाई भराई दिन हुन माँग गर्दछौं ।
त्यसैगरी गोलवजार प्रहरी कार्यालमा बुझदा सम्पूर्ण रिपोर्ट न आई सकेकाले केहि भन्न नसकिनेृ बताउनु भयो ।फाइल तस्बिर
प्रतिक्रिया