जनमतबाट मधेशमा रामशंकरले गराए उम्मेदवारी दर्ता

शम्भु पण्डित     २०८० पुष २४, मंगलवार ०७:२० बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेशमा जनमत पार्टीबाट एक जनाले राष्ट्रिय सभा सदस्यमा मनोनयन दर्ता गरेका छन् ।

प्रस्तावक मधेश प्रदेश सांसद शम्भु साह र प्रदेश सांसद संजय यादव समर्थक रहेर धनुषाका रामशंकर महासेठले अन्य समूहबाट उम्मेदवारी दर्ता गराएका छन् ।

जनकपुरधामस्थित रहेको निर्वाचन आयोगमा पुगेर आज राष्ट्रिय सभा सदस्यको लागि महासेठले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन।

उम्मेदवारी दर्ता गराएपछि जनमत पार्टीका नेताकार्यकर्ताहरुले फुलको माला लगाउँदै उम्मेदवार महासेठलाई शुभकामना दिएको छ।

प्रतिक्रिया





Top