मोटरसाईकल दुर्घटनामा दुईजनाको मृत्यु, २ गम्भीर घाईते

न्यूज डेस्क     २०८० पुष २४, मंगलवार ०७:५३ बजे मा प्रकासित


महोत्तरी । गएराति महोत्तरीको औरहीमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । औरही नगरपालिका वडा नं.१ को कार्यालय नजिक भएको दुईवटा मोटरसाईकल दुर्घटनामा परि भंगहा नगरपालिका ३ का ३२ बर्षिय धर्मेन्द्र महतो र रामगोपालपुर नगरपालिकाका ३० बर्षिय मुकेश चमारको भृत्यु भएको हो । त्यस्तै २ जना गम्भीर रुपमा घाईते भएको छ ।

उनीहरुको वर्दिवासस्थित शुभस्वतिक अस्पतालमा उपचार भईरहेको छ । प्रहरीले दिएको जानकारी अनु्सार गएराति भएको सो दुर्घटनामा परि रामगोपालपुरतर्फ गईरहेको प्रदेश २-०२-००४प १८४० नं. को मोटरसाईकलका चालक रामगोपालपुर नं.पा. थली विर्ता बस्ने बर्ष ३० बर्षिय मुकेश चमार र बर्दिबास तर्फ आउदै गरेको ज ११ प. ८०९९ नं.को मोटरसाईकल चालक भंगहा नगरपालिका ३ का बर्ष अं.३२ को धर्मेन्द्र महतो, पछाडी सवार बर्ष ३१ को श्रीराम गोसाई र बर्दिबास न.पा. प्रेमनगर बस्ने बर्ष अं. २६ को प्रदिप कुमार यादव गरि ४ जना घाईते भएका थिए । तत्काल घाईतेहरुलाई दुर्घटनास्थलबाट उद्दार गरी उपचारको लागि बर्दिबास स्थित रहेको शुभ स्वस्तिक अस्पतालमा पठाएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

उपचारको क्रममा प्रदेश २-०२-००४प १८४० नं. को मोटरसाईकल चालक रामगोपालपुर नं.पा. थली विर्ता बस्ने बर्ष अं. ३० को मुकेश चमार र ज ११ प. ८०९९ नं.को मोटरसाईकल. चालक भंगहा न.पा.३ का बर्ष अं.३२ को धर्मेन्द्र महतोको राति १० बजेको समयमा मृत्यु भएको प्रहरी निरीक्षक मनोजकुमार यादवले बताए । त्यस्तै २ जना घाईतेको उपचार भईरहेको र उनीहरुको अवस्था गम्भिर रहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

दुई वटै मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।संकेत तस्बिर 

प्रतिक्रिया





Top