जनकपुरधाम । सरकारले नेपाल प्रहरीका १६ जना डिआइजीहरुको सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले मंगलबार डीआईजीको सरुवा गरेको हो ।
सरुवामा सातवटै प्रदेश प्रहरी प्रमुख हेरफेर भएका छन् ।
सरुवा सूचीअनुसार कोशी प्रदेशमा चन्द्रकुवेर खापुगं, मधेस प्रदेशमा यज्ञविनोद पोखरेल, बागमतिमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुवेर कडायत, कर्णालीमा लालमणि आचार्य र सुदूरपश्चिममा रविन्द्र केसीको सरुवा भएको छ ।
को कहाँ ?dig_24








प्रतिक्रिया