जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाले आज बुधबारदेखि एक साताको जाडो विदा दिने निर्णय गरेको छ ।
नगरपालिकाको शिक्षा शाखाले वर्तमान अवस्थालाई मध्यनजर गर्दै बालबालिकाहरुको सुविधाको लागि सरकारले प्रत्येक वर्ष दिने जाडो विदा शितलहर चढेपछि दिने निर्णय गरेको हो ।
नगरपालिकाले जारी गरेको सूचनामा बुधबार पुस २५ गतेदेखि आउँदो माघ २ गते मँगलबारसम्म एक साताको विदा दिने निर्णय गरेको हो ।
चिसो बढेपछि बालबालिकाहरुमा हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै एक हप्ते जाडो विदा दिएको छ ।
प्रतिक्रिया