सुनवल ज्यामिरे सामुदायिक वनमा सडिगलेको अवस्थामा शव फेला

न्यूज डेस्क     २०८० पुष २५, बुधबार २१:४७ बजे मा प्रकासित


अनिल बनिया,नवलपरासी/ २५पुष । पश्चिम नवलपरासीको सुनवल नगरपालिका -७ ज्यामिरेस्थित ज्यामिरे सामुदायिक वनमा सडिगलेको अवस्थामा शव फेला परेको हो ।

रुपन्देही देवदह नगरपालिका- ११ पूर्व विर्ता बस्ने ६५ वर्षीय शिवनाथ तिवारीको शव बुधबार गलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया





Top