जनकपुरधाम । इन्टरनेट प्रदायक कम्पनी सुबिसु ईन्टरनेटले सम्झौता बमोजिमको सेवा नदिएको व्यापक गुनासोपछि रिपोर्टिँग गर्न गएका एक सँचारकर्मीमाथि दुरव्यवहार गरेको छ ।
सप्तरीको सदरमुकाम राजविराजस्थित रहेको सुबिसु ईन्टरनेटको शाखा कार्यालयका कर्मचारी जियावुलले सँचारकर्मी आदित्य अजयमाथि दुरव्यवहार गरेका छन् ।
९ हजार बढी सेवाग्राही रहेको सुबिसु इन्टरनेटले रकम पूरा लिएपनि ईन्टरनेटको गति सुस्त दिएपछि सेवाग्राहीहरुले सँचारकर्मी गुहारेका थिए । पटक पटक गुनासो गर्दा पनि कर्मचारीहरुले उल्टै थर्काउने गरेको, रकम अपुग भएको, हाई स्पीड भएको भन्दै ठगी गरिरहेको आरोप सेवाग्राहीहरुले लगाएका छन् ।
ग्रामिण भेगमा समेत सेवा पुरयाएका सुबिसु इन्टरनेटको शाखा कार्यालय राजविराजले पहुँचको फाईदा उठाउँदै ठगी गरिरहेको आरोप छ । कम्पनीले माग गरेको रकम पुरापूरी भुक्तानी गरेपनि दिने भनेको अनुसार स्पीड नआएपछि ग्राहकहरु आजित भएका छन् ।
अफिसियल काम गर्नको लागि लिने प्लान अनुसार स्पीड नदिएपछि सो क्षेत्रका हजारौँ ग्राहकहरुले सुबिसुका कर्मचारीहरु गुनासो गरेका थिए । कर्मचारीहरुले गुनासो सुन्नुको साथै उल्टै सेवाग्राहीलाई थर्काउन थालेपछि सँचारकर्मी आदित्य अजयले ब्रान्चमै सेवासुविधा बारे सोधपुछ गर्न गएपछि उनीमाथि दुरव्यवहार गरेको हो ।
यता, सँचारकर्मीमाथि भएको दुरव्यवहारको विभिन्न मिडिया सँस्थाले समेत भत्र्सना गरेको छ । आम नागरिकको सूचनाको हकलाई कुण्ठित गर्न खोजेको भन्दै राजविराज शाखाको कर्मचारी जियावुल माथि कारवाहीको समेत माग गरिएको हो ।
प्रतिक्रिया