राममन्दिरको प्राण प्रतिष्ठाको दिन घरघरमा दीप प्रज्वलन गर्न वडाअध्यक्ष रायको अपिल

मधेशपाटी अनलाइन     २०८० माघ ५, शुक्रबार १०:३७ बजे मा प्रकासित


सबैला(धनुषा)| भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राममन्दिरको प्राण प्रतिष्ठाको दिन नगरमा दीप प्रज्वलन गर्न अपिल गरिएको छ ।
सबैला नगरपालिका वडा नं.९ का अध्यक्ष मनिष कुमार रायले समाजिक संजालमा बोल्दै सो दिन घरघर तथा मठमन्दिरमा दीप प्रज्वलन गर्न नगरबासीमा अपिल गरेका हुन् ।
अगामी जनवरी २२ तारेख अर्थात् माघ ८ गते राममन्दिरको प्राण प्रतिष्ठा (घरबास) हुँदै छ ।
‘प्राणप्रतिष्ठाको दिन विश्वस्तरमा गरिने कार्यक्रमहरुको साथै नगरवासीहरु पनि उक्त दिन घर घरमा दिपोत्सव गर्नुको साथै घर नजिकै रहेको मठ मन्दिर, चौक चौराहा लगायतका श्री सप्तेश्वरनाथ महादेव मन्दिरमा महा-शिव आरती, बौवाबुचिहरुलाई रामसिताको रुप दिएर रथ यात्रामा उपस्थिति हुन्न तथा प्रत्येक हिन्दु धर्मावलम्बीहरुको घरघरमा भगवान राम र हनुमान जिको झन्डा लगाउन आह्वान गरिन्छ।

प्रतिक्रिया





Top