सर्लाही । सर्लाहीको त्रिभुवननगर नाका अहिले तस्करीको अखडा बनेको छ। त्रिभुवननगर नाका स्थित प्रहरीको संरक्षणमा खुलेयाम तस्करी भैरहेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुखले तस्करी रोक्न कडा निर्देशन जारी गरे पनि तस्करी रोकिएको छैन ।
त्रिभुवननगर नाकाबाट तस्करीको लाइन पाउने तस्करहरूमा माधव यादव कपडा , हुसेनी कपडा , ईन्दल यादव कपडा , बिजय चौधरी कपडा , मरिच , केराउ , बिजय साह कपडा , सुखा , बिरेन्द्र साह हार्डवेयर , सुबोध हार्डवेयर , भगत जि कपडा , रिता साह सबै थोक , सरिता चौधरी सबै थोक , राजा किराना प्रगास यादव हिरिया जिरिया किराना , बिरेन्द्र साह कवाड , राकेस साह कवाड , अशोक गुप्ता कवाड , उमेश पटेल पैठारी , बिजय साह किराना पिक्पमा , सन्तोष साह उर्फ सन्तोष डिलर किराना पिक्पमा छन् ।
यसबाहेक सखुवहाबाट समेत तस्करी भैरहेको छ। ती तस्करीको सामानहरू लालवन्दी सम्म पुग्ने गर्दछ। दैनिक दुई दर्जन बढी मोटरसाइकलबाट कपडा , सुर्तीजन्य सामान र अन्य घरायसी सामानहरूको ठूलो तस्करी भैरहेको छ ।
त्रिभुवननगर नाकाबाट उमेश राउत केराउ र छोकडाको तस्करी गरिरहेका छन् ।मनिष चौधरी, प्रकाश यादव, , , राजेश कुशवाह समेतले तस्करीको लाइन पाएका छन् । तस्करीको लाइन त्रिभुवननगरका सई सरोज गुप्ताले दिएका हुन ।
यी व्यापारीलाई तस्करी गराउन लाइन दिए बापत त्रिभुवननगर प्रहरीले मासिक अवस्था हेरेर २ देखि ४ लाखसम्म लिने गरेको व्यापारीहरू बताउँछन् ।








प्रतिक्रिया