नेपाल प्रहरीका ८२६ जना वरिष्ठ हवल्दार पदमा बढुवा

न्यूज डेस्क     २०८० माघ ५, शुक्रबार १६:५२ बजे मा प्रकासित


काठमाडौं । नेपाल प्रहरीका ८ सय २६ जना हवल्दार वरिष्ठ हवल्दार पदमा बढुवा भएका छन् ।प्रहरी उपरीक्षकको बुधबारको निर्णयानुसार जनपद तर्फका प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा र पदस्थापन भएका हुन् ।

 

प्रहरी वरिष्ठ हवल्दारहरुलाई प्रचलित नियम बमोजिम तलव, भत्ता तथा राशनसमेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी देहाय बमोजिम पदस्थापन गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिन हुन अनुरोध गरिएको छ ।

 

साथै उल्लेखित ब्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्न गराउन हुन एवं दर्ज्यानी चिन्हद्वारा सुशोभन गराउन हुन कार्यालयहरुलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया





Top