मधेश है अपनी आनबान गान’ सार्वजनिक, सर्वत्र चुलियो चर्चा

न्यूज डेस्क     २०८० माघ ६, शनिबार १९:५७ बजे मा प्रकासित


जनकपुरधाम । मधेश है अपनी आनबान, जीवनधारा है मधेश,मधेश मे बस्ती जान हमारी, प्राण से प्यारा मधेश, मधेश हमारा जिने का मक्सद, रगरग बसा मधेश, मधेश है अस्तित्व हमारा, धर्मा–कर्मा मधेश । जय मधेश, जय मधेश ।

यो गीत शुक्रबार मधेश प्रदेश सरकारले वीरगञ्जमा आयोजना गरेको बलिदानी दिवसका अवसरमा सार्वजनिक गरिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलगायत मन्त्री, सांसदहरू उपस्थित रहेको बलिदानी दिवस कार्यक्रममा ‘मधेश गान’ सार्वजनिक गरिएको हो ।

राम भरोस कापडी र डा. सागरद्वारा लेखिएको यो गीतमा स्वर दिएका छन् – गायक उदितनारायण झा र रविराज साहले । बलिदानी दिवसको अवसर पारेर ‘मधेश गान’ सार्वजनिक गरिएपछि यसको सर्वत्र चर्चा चुलिएको छ ।

मधेश गानमा मधेस प्रदेशका ८ वटै जिल्लाका दृश्य समेटिएका छन् । गानमा मधेशलाई दर्शाइएको छ । यहाँको सांस्कृतिक, ऐतिहासिक, भौगोलिकलगायतका कुरा गानमा दर्शाइएको छ ।

प्रतिक्रिया





Top