सबैला नगरपालिका : माघ ८ गते नगर भित्र माछा, मासु र मदिरा जन्य पदार्थ विक्रि वितरण बन्द

शम्भु पण्डित     २०८० माघ ७, आईतवार २३:५८ बजे मा प्रकासित


शम्भु पण्डित , जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामदेखि २७ किमि रहेको धनुषाको सबैला नगरपालिका द्धारा निकालिएको अपिल पत्रमा यही मिति २०८० माघ ८ गते सोमवार नगर भित्र माछा, मासु र मदिरा जन्य पदार्थ विक्रि वितरण नगर्न अपिल गरिएको छ ।

निकालिएको अपिल पत्रमा श्री राम जन्मभुमी तिर्थक्षेत्र अयोध्या भारतमा यहि मिति २०८० माघ ८ गते सोमवार नवनिर्मित भव्य राम मन्दिरमा भगवान श्री रामको प्राण प्रतिष्ठा हुँदैछ, जुन सम्पुर्ण सनातनी हिन्दु धर्मावलम्वीहरु त्था भगवान जगत जननी माता जानकीको जन्मभुमी मिथिला क्षेत्र भित्र पर्ने यस सबैला नगरपालिका वासीहरुमा अत्यन्तै हर्ष तथा आन्नदको विषय हो ।

त्यसैले प्राणप्रतिष्ठाको दिन विश्वस्तरमा गरिने कार्यक्रमहरुको साथै सबैला नगरपालिका वासीहरु पनि उक्त दिन घरघरमा दिपोत्सव गर्नुको साथै यस नगरपालिका क्षेत्र भित्र रहेको प्रसिद्ध धार्मिक स्थल मठ मन्दिर लगायतका धार्मिक स्थानहरुमा उपस्थित भईवा आआफ्ना घरमा दिपोत्सव गर्न आह्वान गरिन्छ । साथै सो दिन मिति २०८० माघ ८ गते यस सबैला नगर क्षेत्र भित्र माछा, मासु र मदिरा जन्य पदार्थ विक्रि वितरण नगर्न नगराउनुहुन नगरपालिकाको पुर्नरुपमा  बन्द गरिएको छ ।

प्रतिक्रिया





Top