एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु

न्यूज डेस्क     २०८० माघ ८, सोमबार ०६:३३ बजे मा प्रकासित


जनकपुरधाम । पर्सा जिल्लाको वीरगञ्जमा आज आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषा जिल्ला सबैला नगरपालिकाका सुमित यादव र बारा जिल्लाको सुवर्णपुरका सञ्चित यादव छन् ।

वीरगञ्ज महानगरपालिका १५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा भएको दुर्घटनामा परेर उनीहरुको मृत्यु भएको भएको हो ।

मोटरसाइकल तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे अनुसन्धान भइरहेको पर्सा प्रहरीले बताएको छ ।

मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

मृतक दूवै जना एमबीबीएस अध्ययनरत विद्यार्थी हुन् । उनीहरु वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत थिए ।

दुर्घटना भएको मधेस प्रदेश २-०३०२१ प ५४३२ नम्बरको मोटरसाइकल सडकबाट तल झाडीमा खसेको देखिएको छ ।

प्रतिक्रिया





Top