वीरगञ्ज । पर्सामा प्रहरीकै मिलेमतोमा तस्करी फस्टाएको छ । सीमा क्षेत्रको सुरक्षा गर्ने प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलकै मिलोमतोमा तस्करी फस्टाएको सामाचार प्राप्त भएको छ ।
सीमा सुरक्षादेखि सीमा क्षेत्रबाट हुने तस्करीलाई नियन्त्रण गर्न मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरी नै तस्करसँग मिलेर तस्करी फस्टाएको स्रोतले जनाएको छ ।
पर्साको मुख्य नाका वीरगञ्ज सहित ग्रामीण भेगका बिभिन्न सीमा नाकामा सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बलकै हाकिमहरूको मिलेमतोमा भँैसीदेखि कुखुरासम्मका तस्करीको खबरले आश्चर्य बनाएको छ । भारत बिहारको विभिन्न ठाउँबाट राँगा–भँैसी र खसीबोका खरिद गरी ग्रामीण भेगका बिभिन्न नाकाबाट सशस्त्र प्रहरीकै संरक्षणमा दिनहु“ सयौको संख्यामा निर्वाध पशुहरू भारतबाट नेपाल भित्रिने गरेका छन् ।
प्रसौनी, अमरपट्टी, अलौं, सीमानाकाबाट कुखुराको चल्ला, राजनिवास र रजनीगन्धाको ठुलो मात्रामा प्रहरीकै संरक्षण तस्करी भईरहेको स्रोतले जनाएको छ । यसैगरी तस्करहरुले भारतबाट नेपालतर्फ गहुँ, धान, मोबिल, सिल प्याक मदिरा तथा घरेलु मदिरा सहित प्याजको ब्यापक तस्करी प्रसौनी र अमरपटी सीमानाकाबाट गरीरहेका छन् । स्रोतका अनुसार प्रसौनीभाठा नाकाबाट कपडा मासुजन्य चौपाया राँगा–भैँसी तस्करी निकै फस्टाएको हो ।
सशस्त्रका एसपीको नाममा महिनाको लाखौं रुपैयाँ बुझाएर तस्करले पिकअप, मोटरसाइकल, भरीयाको माध्यमबाट समानको सुरक्षित रूपमा तस्करी गर्दै आइरहेको स्रोतकोे दावी छ । तर एपीको नाममा उठाइएको रकम विचौलियाहरुले दमपच बनाएको समाचार छ ।
यता वीरगञ्ज महानगरपालिकामा पर्ने इनर्वा भन्सार, छपकैया, स्रिशिया, भकुवा, अलौ, लगायत नाकाबाट प्रहरीको सेटिङमा खुलेआम कपडा, मोटर र किराना समान तस्करीे गरी अवैध रूपमा नेपाल भित्रीने गरेको छ । यति मात्र होईन वीरगञ्ज भन्सार कार्यालय (आइसीपी) परिसरलाई प्रयोग गरेर तस्करहरूले जस्तोसुकै माल सामान भएपनि मूख्य भन्सारबाट ट्रकको ट्रक नेपाल भित्रिने गरेको माघ ४ गते बारा प्रहरीले नियन्त्रणमा लिएको १३ वटा ट्रकले प्रमाणीत हुन्छ । बारा प्रहरीले भारतबाट ल्याइएको मल खाद राजश्व छली गरेर नेपालको विभिन्न स्थानमा ढुवानी गरिरहेको आशंकामा १३ वटा ट्रकलाई माघ ४ गते नियन्त्रणमा लिएको थियो । यसैगरी बारा प्रहरीले बिल भरपाई नभएको माघ २ गते फर्नीचर र कपडा गरेर करीब ६ लाख बराबरको समान नियन्त्रणमा लिएको थियो ।
यसरी भन्सार लगायत बिभिन्न सीमानाकाबाट तस्करी फस्टाएको जानकारहरु बताउ“छन् । वीरगञ्जका मुख्य नाका तथा ग्रामीण भेगका नाकाबाट आम सर्वसाधारणले घरायसी परियोजनको लागी ल्याउने थोरै समानलाई रोकेर नेपाल प्रहरी र सशस्त्र प्रहरीले बिभिन्न किसिमको केरकार गर्ने गरेका हुन्छन, लाग्छ कुनै ठुलो अपराधी भेटियो । उता बजारमा व्यापक मात्रामा तस्करी भइरहेको तथ्य बाहिरिए पनि पर्साका सुरक्षा प्रमुखहरु भने यस बारेमा अनविज्ञ रहेको बताइन्छ । दुवै प्रहरी प्रमुखको नाममा तल्लो तहका प्रहरीहरुले लखनउ लुट मचाउने गरी हाकिमहरुको नाममा लाखौं लाख लिएर लाईन खुलाइएको बताइन्छ ।
लाईन खुलेपनि प्रहरी प्रमुखहरुलाई सूचना पुगेपछि उनीहरुले यो बीचमा करोडौंको राजस्व छलिका सामानहरु नियन् त्रणमा लिएर भन्सार बुझाएको समाचार छ ।
प्रतिक्रिया