राममन्दिरको प्राणप्रतिष्ठाको अवसरमा जनकपुरधाम साबा लाख दीप प्रज्वलन गरिने 

न्यूज डेस्क     २०८० माघ ८, सोमबार १५:३२ बजे मा प्रकासित


जनकपुरधाम । भारतको अयोध्यामा निर्मित राममन्दिरको प्राणप्रतिष्ठाको अवसरमा जनकपुरधाम उल्लासमय बनेको छ ।

रामको ससुराली जनकपुरमा सोमबार बिहानैदेखि चोक–चोकमा राम धुन गुञ्जिरहेको छ मठ मन्दिरहरुमा भजनकिर्तन भइरहेको छ ।

जानकी मन्दिरमा श्रदालुको भिड लाग्दैछ । जनकपुरभर मन्दिर, सडकपेटी लगायतका ठाउँ ठाउँमा जय श्रीराम लेखिएको झण्डा फहराइएको छ । ।

जानकी मन्दिर परिसर फुल मालाले सजाइएको छ । आज बेलुकी ५ बजे मन्दिरमा सवा लाख दीप प्रज्वलनका गरिदैछ ।मन्दिर परिसरमा फूलले जय श्रीराम, धनुष र रामको चित्र कोरिएको छ ।

दिपोत्सव सम्पन्न भएपछि बेलुकी ६ बजे मन्दिर परिसरमै महागंगा आरतीको आयोजना गरिने जानकी मन्दिरका पुजारी ऋषिकेश झाले जानकारी दिए ।

उनका अनुसार आज विशेष दिन भएकाले गंगासागर पोखरीमा सधैँ हुने यो आरती जानकी मन्दिरमा हुन लागेको छ ।

प्रतिक्रिया





Top