फरार रहेका सुटर समूहका महतो पक्राउ

न्यूज डेस्क     २०८० माघ ९, मंगलवार ०९:४९ बजे मा प्रकासित


बारा । गोली प्रहार गरी फरार रहेका सुटर समूहका एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला दर्पा थाना ग्राम पञ्चायत तिनकोटी वडा नम्बर ३ का २२ वर्षीय रुपेशकुमार महतो रहेका छन् ।

गत असोज ९ गते साँझ ६ बजेर १० मिनेटमा बाराको पचरौता नगरपालिका–६ नेपाल भारत सीमा नजिक लक्ष्मिनियास्थित पोखरी नजिकै भारतको मोतीहारीकै अजित कुमार सिंहलाई गोली प्रहार भएको थियो ।महतोलाई पक्राउ गरी जिल्ला अदालत बाराबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया





Top