लागू औषध सहित मोटरसाईकल चालक प्रहरीको नियन्त्रणमा

न्यूज डेस्क     २०८० माघ ९, मंगलवार २२:५५ बजे मा प्रकासित


अनिल बनिया, नवलपरासी । नवलपरासी (ब.सु.प.) रामग्राम नगरपालिका वडा नं.१८ धरमपुर स्थित भित्री सडक खण्डूमा परासीबाट धरमपुरतर्फ आउदै गरेको अवस्थामा प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरी टोलीले अन्दाजी १ बजेको समयमा शंका लागि लु ४४ प १५४२ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा बरामद गरेको छ।

तत्काल नामथर वतन खुल्न आएका मोटरसाईकल चालक रामग्राम नगरपालिका वडा नं.१५ डिगोल वस्से अन्दाजी वर्ष २४ को नुर मोहम्मद धुनियाले पछाडी बोकेको झोलाबाट DIAZEPAM लेखेको १०० एम्पुल, HPENERGAN लेखेको १०० एम्पुल, NORPHENE लेखेको १०० एम्पुल र NITRAVET लेखेको २० पत्ता (६०० ट्याब्लेट) फेलापारी रितपूर्वक बरामद गरी निज नूर मोहम्मद धुनियालाई तत्काल मोटरसाईकल सहित नियन्क्षणमा लिई जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब. सु.प.) मा ल्याई थप अनुसन्धान कार्य भइरहेको सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेश बोहरले जानकारी दिए ।

प्रतिक्रिया





Top