३ असईसहित २४ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र कार्यालयमा हाजीर हुन निर्देश

न्यूज डेस्क     २०८० माघ १०, बुधबार ०७:४० बजे मा प्रकासित


काठमाडौं । लामो समयदेखि सम्पर्कविहीन भएका २४ प्रहरीलाई सात दिनभित्र कार्यालयमा हाजीर हुन प्रहरी प्रधान कार्यालय, नक्सालले निर्देश गरेको छ ।

प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै एक महिनाभन्दा बढी समयदेखि गैरहाजीर रहेका तीन जना असईसहित २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देश गरेको हो ।

 

प्रहरी महनिरीक्षकको सचिवालयका अनुसार ३ जना प्रहरी सहायक निरीक्षक (असई), तीन जना प्रहरी सहायक हवलदार र १८ जना प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि आफूखुशि गैरहाजिर रहेको जानकारी दिएको छ ।

उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो ।

प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी दिएको छ ।

प्रतिक्रिया





Top