हनुमानजीको मन्दिरमा पसेर अज्ञात ब्यक्तीले आगो लगाए

न्यूज डेस्क     २०८० माघ १०, बुधबार ११:२६ बजे मा प्रकासित


रौतहट । रौतहटमा हनुमानजीको मन्दिरमा आगो लगाईदिएको घटना बाहिरिएको छ ।रौतहट जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर ५ जटहारा टोल स्थित सामुदायिक स्कुलको प्राङ्गणमा रहेको हनुमान मन्दिर र सामुदायिक स्कुल को १०० मिटर पछाडि रहेका ब्रहमबाबाको मन्दिरमा अज्ञात समुहले आगो लगाएको घटना बुधबार सार्वजनिक भएको छ।

 

राम मन्दिरको प्राण प्रतिष्ठा भएको एक दिन नबित्दै हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र रहने हनुमानको मन्दिरमा पसेर आगो लगाईदिएको हो ।

सोही क्रममा यस्ता अराजक गतिबिधि गर्ने जो कोहिलाई खोजतलास गरी कडा भन्दा कडा कारबाहीको लागि स्थानीय प्रशासन संग माग गरिएको छ ।

आगलागिबाट २५ बर्ष अघि भारतको राजधानी दिल्ली बाट ल्याईएको भगवान हनुमान मुर्ती र ब्रहमबाबाको मन्दिरमा क्षति भएको स्थानीयले जानकारी गराएका छन् ।

प्रतिक्रिया





Top