जनकपुरधाम । सशस्त्र प्रहरीले मंगलबार आफ्नो २३औं वार्षिकोत्सव मनाइरहेका बेला आन्तरिक लफडा परेको छ । पुरस्कार छनोट समितिका संयोजक एआइजी सिपी गौतमका कारण लफडा परेको हो ।
वार्षिकोत्सवमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कार दिने सन्दर्भमा आइजीपी सचिवलाय र मुख्यालयमा कार्यरत सबै कर्मचारीलाई ‘आइजी कमेन्डेसन’ दिन सिफारिस गरेपछि सो लफडा परेको हो । आइजीपी राजु अर्यालले संगठनबाट वितरण गरिने यो पुरस्कारको मापदण्ड के हो मुख्यालयमा बस्नु र सचिवालयमा कार्यरत रहनु मात्रै मापदण्ड हो ? सीमामा रातारात तस्करसँग लड्नेहरुलाई बाहिर राखेर यस्तो पुरस्कार सिफारिस गर्दा लाज लाग्नुपर्ने हो ? भन्दै सोमबार राति सो पुरस्कार रोकिदिएका थिए ।
आइजीपी अर्याललाई पुरस्कारको सूची दिनुअघि नै पुरस्कार लिनका लागि मंगलबार बिहान त्यो पुरस्कार दिने भनेर सयजना बढी तयार भएका थिए । उनीहरुलाई मानव स्रोत विभागबाट पुरस्कार लिनका लागि खबर गरिएको थियो । ‘हेडक्वार्टरको ८० थिए, ७५ जना हेडक्वार्टरको अधिकृत नाम थियो’, स्रोतले भन्यो, ‘सिपाही हवल्दारको त नाम नै थिएन’, केही असइदेखि डिआइजीसम्म थिए पुुरस्कार लिन तयार थिए’, स्रोतले भन्यो ।
प्रतिक्रिया