धनुषामा बन्दुक देखाएर साढे नौ लाख लुटपाट

न्यूज डेस्क     २०८० माघ १०, बुधबार २२:१३ बजे मा प्रकासित


जनकपुरधाम । लुटेरा समुहले धनुषामा बन्दुक देखाएर पेट्रोलियम व्यवसायीको साढे नौ लाख लुटपाट गरेको छ । धनुषाको मिथिला नगरपालिका– ९, लालगढस्थित चित्रा आयल स्टोर्सको नौ लाख ६० हजार रुपैयाँ मंगलबार बिहान ११ बजे लुटिएको हो ।

पेट्रोलियम पदार्थ बिक्री गरेर जम्मा भएको नगद १२ किलोमिटर टाढा रहेको महोत्तरीको बर्दिवासस्थित बैंकमा जम्मा गर्न जाने क्रममा लुटेरा समूहले बन्दुक देखाएर रकम लुटेको पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले जनाएको छ ।

एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानका अनुसार पूर्व–पश्चिम राजमार्गको व्यस्त सडक किनारामा मोटरसाइकलमा सवार पम्पका कर्मचारी ध्रुव बस्नेतलाई मोटरसाइकलमै आएका लुटेरा समूहले घेरा हालेर बन्दुक देखाई पैसा लुटेका हुन् ।

प्रतिक्रिया





Top