जनकपुर : फट्टा प्रहार गरी मरणासन्न कुटपिट टाउकोमा १७ टाका , दुई सामान्य घाइते

न्यूज डेस्क     २०८० माघ ११, बिहीबार १०:५४ बजे मा प्रकासित


जनकपुरधाम । धनुषाको रामपुर वडा नम्बर १५ मा माघ ०८ गतेको दिनमा भएको विवाह समारोहमा कुटपिट हुदा एक जनाको अवस्था गम्भीर रहेको छ भने बाँकी दुई जना सामान्य घाइते भएका छन्।सामान्य विवादको कारणले झगडा हुदा एक जनालाई मरणासन्न कुटपिट गरि गम्भीर घाइते बनाएका छन्।

सोमबार राती करिब १ बजेको समयमा विवाह भइरहदा तिन जना त्यही छेऊमा बसेर आगो तापी रहेका थिए। केही छिन् पछि पछाडी बाट ४,५ जनाको समुहले काठको फट्टाले जयनाथ पण्डित भने ब्यक्तिको टाउकोमा ५,६ चोटी हान्दा उनि बेहोस् भए, र उनलाई बचाउने क्रममा संजिव पण्डित र रबि पंजियारलाई पनि काठको फट्टाले चोट लागेका छन् ।

उनि बेहोस भएपछि गाउँकै मान्छेहरुले उनलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएका थिए। तर त्यहाँ उपचार सम्भब न भएपछि उनलाई जनकपुर न्यूरो अस्पतालमा रेफर गरिएको छ ।

उनको टाउकोमा १७ ओटा टाका लागेका कुरा घाइते रबि पंजियारले जानकारी दिएका छन्। घाइते संजिव पण्डितलाई ७ ओटा टाका र रबि पंजियारलाई सामान्य चोटपटक लागेका छन् ।

जयनाथ पण्डितको काकाको छोरा बिकी पण्डितले कुटपिट गर्ने चार जना ब्यक्तिलाई पहिचान गरेको र उनको तस्बिर र नाम समेत सार्बजनिक गरेका छन् ।

काठको फट्टा प्रहार गरेको चार जना मध्ये दिपु साह भने ब्यक्तिलाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको छ। र अन्य २ जना ब्यक्ति अनिश मण्डल,रोशन मण्डल फरार रहेका छन् ।

केहि दिन अगाडी जनवरी १ तारिखको दिन जयनाथ पण्डित संग ति ब्यक्तिको सामान्य हातापाही भएको कुरा उनको काकाको छोरा बिकी पण्डितले बताएका छन् ।

प्रतिक्रिया





Top