अबैध उत्खनन् क्रममा झगडा कयौं घाइते , वडा अध्यक्ष भन्छ क्रसर माफिया हामी माथी दमन

न्यूज डेस्क     २०८० माघ १२, शुक्रबार १९:२५ बजे मा प्रकासित


जनकपुरधाम । कमला नदिमा लगातार भइरहेको उत्खननको बिरोध गर्दा ४ जना घाइते भएका छन । धनुषा जिल्लाकाे गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ९ स्थिति कमला नदिमा झडप हुदा गणेश मान चारनाथ नपा ९ का वडा अध्यक्ष नन्द किशोर यादब , तेज नारायन यादब , इन्द्रजित यादब घाइते भएका छन भने एक जनाको नाउ खुल्न सकेका छैन । घाइते मध्येको एक जनाको टाउकोमा चोट लागेका छन भने एक जनाको रिढको हड्डी भाचिएको वार्ड अध्यक्ष यादब ले बताएका छन ।

आज दिउँसो करिब ११ बजेको समयमा बरमझिया स्थित कमला नदिमा सिरहा कर्जन्हाका क्रसर व्यावसायि खलिल मियाको २५ वटा बकेट सहितको ट्र्याक्टर कमला नदिमा उत्खनन गर्न लागेको सुचना पाउने बितिकै वार्ड अध्यक्ष यादब आफै नदिमा पुगेका थिए।

सरकार ले रोक लगाएको समयमा कसको निर्देशन र मापदण्ड अनुरुप खन्न लागेको प्रश्न गर्दा ट्र्याक्टर ड्राइभर हरु मारपिटमा उत्रिएको उनले बताएका छन । मारपिट हुँदै गरेको सुचना गाउलेले थाहा पाए पछि जादा उनी हरु भागेको समेत बताएका छन ।

यता घटना भएको सुचनाकै आधारमा इलाका प्रहरी कार्यालय सबैला , प्रहरी चौकी बरमझिया र सशस्त्र बेस क्याम्प रघुनाथपुरका सन्युक्त टोलिले ३ जनालाइ नियन्त्रणमा लिएका छन ।
पक्राउ पर्नेहरुमा खलिल मियाकै क्रसरमा काम गर्ने जनकपुर भानु चौकका आर बि साह ,सबैला नपा ९ गोबिन्द्पुरका रामचन्द्र यादब ,कर्जन्हा नपा ७ मरेवाका रामवली महतो रहेको इप्रका सबैलाका प्रनी सुन्दर चौलागाइले बताए ।

साथै बकेट सहितको एक थान ट्रयाक्टर पनि नियन्त्रणमा लिएको जानकारी दिएका छन ।
एक हप्ता अगाडि मात्रै वार्ड नम्बर ९ का अध्यक्ष नन्द किशोर यादब नेतृत्वको टोलिले उत्खनन गर्दै गर्दा मेसि ट्र्याकक्टर प्रहरीको जिम्मा लगाएको थियो ।

कानुन बमोजिम १० हजारको रसिद काटेर छोडेको उक्त ट्र्याक्टरलाइ कुन कानुन को अधीनमा उत्खनन् गर्ने अधिकार रहेको वार्ड अध्यक्ष को प्रश्न रहेको छ ।

अहिले वडा अध्यक्ष सहित बरमझिया बासी सडकमै बसेर प्रदर्सन गरिरहेका छन ।
कसको मिलिभगत र कमिशनको आड्मा दिनहु कमला नदिमा उत्खनन हुँदै गरेको नदिनाला अबैध उत्खननको बिरुद्धमा सडकमा उत्रिएकाहरुले स्थानिय सरकार प्रहरी प्रशासन सङ जवाव मागेका छन।

प्रतिक्रिया





Top