जनकपुरधाम । धनुषाका युवा पत्रकार रोहित राज खनाल सम्राटलाई प्रहरीले दुर्व्यवहार गरेको छ ।
पत्रकार सम्राटलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत हवल्दार वीरेन्द्र यादवले दुर्व्यवहार गरेका हुन् ।
गोल्ड माइन्स मिडिया क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगर द्वारा संचालित इ न्यूज अफ नेसन अनलाइनका प्रमुख कार्यकारि सम्पादकको रुपमा कार्यरत पत्रकार सम्राट शनिवार विहान आफ्नो खेतिवारि सम्बन्धी समस्या बारे निवेदन दर्ता गराउन जादा प्रहरी हवल्दार यादवले गाली गलाैच गर्दै दुर्व्यवहार गरेको पीडित गरेका हुन् ।
पीडित पत्रकार सम्राटको अनुसार आफू र आफ्नो परिवार प्रति वारम्बार भौतिक आक्रमणको धम्की आउदै गर्दा शान्तिसुरक्षा पाउँ भनि निवेदन दर्ता गराउन इप्रका पुगेबेला हल्दार यादवले अपशब्द प्रयोग गर्नुको साथै कुटपिट गरि प्रहरी विट वाहिर निकाल्ने वरवरतापूर्ण धम्की दिएका हुन् । हबल्दार यादवले आफूलाई हातपात गर्ने प्रयास समेत गरेको तर प्रहरी निरीक्ष दिपक कार्कीले राेकेपछि आफू जोगिएको बताए ।
उनले घटना हुँदा प्रनि कार्की त्यहि उपस्थित भएको बताए ।
यसरी प्रहरीले पत्रकार सम्राट माथि गरेको दुर्व्यवहारको घटनाको घोर निन्दा गर्दै पत्रकारीता विकास प्रतिष्ठानले दोषि उपर कारबाहीको माग गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष अजय साहले एक विज्ञप्ती जारी गर्दै घटनामा संलग्न प्रहरी हवल्दार विरेन्द्र यादव उपर कारबाहीको माग गरेको छ।
विज्ञप्तीमा पत्रकार सम्राटले आफू पीडित भई न्यायको लागि तथा शान्तिसुरक्षा पाउनको लागि भनि इप्रका पुगेकोमा उल्टै उनि माथि दुर्व्यवहार हुनु दु:खद र खेदजनक भएको उल्लेख छ।
विज्ञप्तीमा उल्लेख छ , ‘सर्वसाधारण कुनै पनि नागरीक आफू पीडित हुँदा न्यायको लागि प्रहरी प्रशासन समक्ष पुग्छन् भने उनको निवेदन दर्ता गरी सोधपुछ गरी छानबिन गर्नु पर्नेमा उल्टै दुर्व्यवहार गर्नु पदयीय दायित्व बिर्सेर नागरीक माथि संविधानको मौलिक हक र कर्तव्य अन्तर्गत धारा १६ सम्मानपूर्वक बाँच्न पाउने हक र धारा १७ स्वतन्त्रताको हक माथि प्रहार भएको ठहर गर्दै दोषि उपर कारबाहीको माग गर्दछौं ।’








प्रतिक्रिया