बारा । बाराको सीमा क्षेत्रका केही सुरक्षाकर्मीको मिलोमतोमा ब्यापक तस्करी भइरहेको छ । करीब दुई सातादेखि यो क्षेत्रबाट खुलेआम तस्करी भइरहेको स्थानीयले गुनासो गरे। भारतको घोडासाहनबाट सिम्रौनगढका ति नाकाहरुबाट आलु प्याज , माछा , किराना समान , कस्टमेटिक समान , हार्डवेयरका समान , ईलेक्ट्रोनिक्स लगायत बिभिन्न समानहरु सिम्रौनगढ बजारसम्म ल्याई बाराको तथा नेपालको बिभिन्न बजारसम्म पुर्याउने गरिएको छ ।
नेपालबाट फेयर एन्ड लभ्ली, सूर्य नेपालबाट उत्पादित चुरोट र ठूलो परिमाणमा मदिराको तस्करी हुने गरेको छ। खुल्ला सीमानाकाको फाईदा उठाउँदै सिमावर्ति क्षेत्रमा चोरी तस्करी नियन्त्रण गर्न नेपाल सरकारले ठाउँ ठाउँमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेको छ । तर भारतसंग जोडिएको बाराको सीमानाकाहरुबाट प्रहरीकै संरक्षणमा तस्करी धन्धा मौलाएको छ । बाराको सिम्रौनगढ नाकाबाट दिन र रात तस्करी भइरहेको स्थानीय बताउँछन्। सिम्रौनगढ नाकाबाट तस्करीको सामान लोड गरेका सबारी साधनहरु रातभर आवतजावत गर्ने गरेको स्थानीयको भनाइ छ। सिमानाकामा प्रहरीको २४ सै घण्टा गर्ने गस्तिका बाबजुद पनि तस्करी मौलाएको हो ।
सिम्रौनगढका नाकाहरुबाट साना ब्यापरीहरुले आलु प्याज , माछा , साईकलको समान ल्याउदा सिमा नाकामा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीहरुले प्रति ब्यक्ति रु ५० देखि रु ३०० सम्म लिने गरेको माछा ब्यापरी राम बिनय सहनि बताएका छन्।मोटरसाइकल, साइकलमा राखेर भारतबाट कपडा, चिनी, स्पेयर पार्टस, खैनी, गुटखालगायत भारतीय सामान अबैधरुपमा प्रहरीकै मिलोमतोमा भन्सार छलेर बाराको बजारहरुमा भित्रिरहेको छ । त्यसैगरी नेपालबाट विभिन्न ब्राण्डको मदिरा लगायत केही चिनियाँ सामान नेपालबाट तस्करीको माध्यमले भारततर्फ पुर्याइरहेका छन । बाराको मटिअर्वा, छतवा बरैनिया, गोपालगज, सिम्रौनगढ लगायतको नाकाहरुबाट तस्करी गर्ने तस्करसमुहसंग घुमुवामार्फत तस्करी वापतको रकम असुल्ने गरेको स्रोतले जनाएको छ ।
भारतबाट अबैध रुपमा भित्रियाईने सामानहरु कलैया बजार, सिमरा, चन्द्रनिगाहपर, हैटौंडा लगायतको ठाउँसम्म जाने गरेको छ ।
बाराबाट मनाङ्ग मियाँ, सतरुधन लगायतकाले कपडाको तस्करी गरिरहेका छन् भने रामअयोध्या र मुकेश यादव कपडा र हार्डवेयरको तस्करी गर्न लाईन पाएका छन् । यस्तै बाराको पिपरपाती र बेलदारी नाकाबाट कपडाको तस्करी गर्ने मिश्रिलाल, खेना , सन्दिप यादव, रामबाबु यादव, छेना यादव, जट्टाशंकर यादव लगायतका ले निर्वाद्य रुपमा करोडौंको राजश्व छली गरी भारतबाट कपडाहरु आयात गरी नेपालका विभिन्न सहरहरुमा निर्यात गर्ने गरेका छन् । लालबाबु लगायतका तस्करहरु सक्रिय भएका छन् । भारतको पूर्वी चम्पारण घोडाशहन थानाक्षेत्र अन्तरगतका श्यामसुन्दर यादव, प्रभु यादव, विकास यादव, अरबिन्द यादव लगायत आधादर्जन तस्कर र बारा रौतहटका गुडु मियाँ, ओमप्रकास यादव लगायतको संगठित गिरोहले पनि सुरक्षाकर्मीलाई आर्थिक प्रभावमा पारेर तस्करी गराइरहेको स्रोत बताउँछ । त्यस्तै राजु यादव, रामबाबु यादवले कुखुरा र कुखुराका चल्लाहरुको अबैध ओसार पोसार गर्ने गरेका छन् ।
बाराको विभिन्न नाकाहरुबाट दिउँसो मोटरसाईकल, साईकल तथा भरियामार्फत तस्करी भईरहेको छ भने रातीको समयमा पिकअप, मोटरसाईकल लगायतका सवारी साधनहरुको प्रयोग गरि तस्करी भईरहेको पाइएको छ ।
प्रतिक्रिया