भ्रष्टै भ्रष्टले भरिएको रौतहटको यातायात कार्यालय, सेटिङ्गमा लाइसेन्स बितरण

न्यूज डेस्क     २०८० माघ १५, सोमबार ०९:१२ बजे मा प्रकासित


अमित ठाकुर,रौतहट । वर्षौंदेखि अलपत्र रहेको यातायात कार्यालय गौर गत वर्षदेखि संचालनमा आएको हो । यातायात ब्यवस्था कार्यालय गौर भ्रष्टाचारको अड्डा बनेको जनगुनासो बढ्दै गएको हो ।

रौतहट जिल्लाको गौरमा अबस्थित यातायात ब्यवस्था कार्यालयमा बिना सेटिङ्ग दुई पाङ्ग्रे, चार पाङ्ग्रे सवारीसाधनको लाइसेन्स नबन्ने पिडितहरुको भनाइ छ। यता जिल्ला ट्राफिक कार्यालय गौर लगायत अन्य ठाउँ सवारीसाधनको लाइसेन्स चेकजाँच गर्दा लाइसेन्स नभएका ब्यक्तिहरुले पटकपटक फाईन कटाउन हामीहरु बाध्य बनेको पिडितहरुको भनाइ छ ।

यता रौतहटको गौरमा रहेको यातायात ब्यबस्था कार्यालयका प्रमुख अबिन्दर दास सेटिङ मिले पछि मात्र परिक्षा र ट्रायल लिने गरेको जनगुनासो बढेको छ ।कार्यालय प्रमुख दासले उक्त कार्यालयमा आफ्नो नातागोताका ब्यक्तिहरुलाई राखि अवैध रकम उसल्ने गरेको पिडितहरु आरोप लगाएका छन्।

यातायात ब्यवस्था कार्यालय गौरमा करिब दर्जनौं भन्दा बढी एजेन्टहरु राखेर कार्यालय प्रमुख दास २ पाङ्ग्रेको १५-१८ हजार र चार पाङ्ग्रेको २५-३२ हजार सम्म अबैध रकम असुल्ने गरेको पिडितहरुले आरोप लगाएको छ ।

अबैध रकम दिए पछि मात्र लाइसेन्सको परीक्षा तथा ट्रायलमा पास भई लाइसेन्स मिल्ने गरेको पिडितको भनाइ रहेको हो। यता कार्यालय प्रमुख दास अबैध असुली बारे आफू अनभिज्ञ रहेको बताउँछन् । कसैले मेरो नाममा अबैध असुली गर्दै छ भने प्रहरी प्रशासन , अख्तियार किन मुकदर्शक बनेको छ भनेर कार्यालय प्रमुख दास चिन्ता ब्यक्त गर्दछन ।

प्रतिक्रिया





Top