गौर । रौतहटको विभिन्न नाका भएर विगत लामो समयदेखि गाईगोरु भारततर्फ तस्करी हुँदै आएको छ । नेपाल भारत खुला सीमाका कारण दैनिक जसो रौतहटको सीमाबाट भारततर्फ सयौंको सङ्ख्यामा गाई गोरु सशस्त्र प्रहरीकै मिलोमतोमा तस्करी हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् । रौतहटका विभिन्न नाका हुँदै दैनिक जसो नेपालबाट भारततर्फ गाईगोरु जाने गरेको छ । सशस्त्र प्रहरीकै सेटिङमा भारततर्फ गाई गोरु जाने गरेको स्थानीयहरूको भनाइ रहेको छ ।
नेपाल भारत खुल्ला सीमाको फाइदा उठाउँदै नेपालबाट भारततर्फ गाईगोरु मासुका लागि निर्यात हुने गरेको छ । सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीका चौकीहरूको सेटिङमै रौतहटको विभिन्न स्थानबाट सङ्कलन गरी राखिएका गाईगोरु रातिको समय वा दिउँसोकै समयमा सीमापार गराइने गरिएको छ । देशका विभिन्न स्थानबाट ल्याइएका गोरु तथा बुढा गाईहरू मासुका लागि रौतहट जिल्लाको सिमावर्ती गाउँमा सङ्कलन गरी रातिको समयमा सशस्त्र प्रहरीकै मिलोमतोमा भारततर्फ जाने गरेको स्थानीयको भनाइ छ ।
विगत लामो समयदेखि रौतहटका विभिन्न नाका हुँदै गाई गोरु भारततर्फ निकासी हुँदै आइरहेको छ। सशस्त्र प्रहरी प्रशासनकै सेटिङमा विगत लामो समयदेखि जिल्लाको राजपुर नगरपालिकाबाट ठूलो संख्यामा गाईगोरु भारत पठाइने गरेको स्थानीय बासिन्दाहरूको भनाइ छ ।
सशस्त्र प्रहरीले सेटिङ नमिले वा काम देखाउनका लागि पनि बेलाबेलामा गाई गोरु बरामद गरेर सञ्चारकर्मीहरूलाई आफूले काम गरेको भन्दै काम देखाउने गरेको छ । सशस्त्र प्रहरीले बेलाबेलामा आफ्नो काम देखाउनका लागि नेपालबाट भारततर्फ लाँदै गरेका गाईगाेरु बरामद गरी गौर भन्सारमा बुझाएर काम देखाउने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । रौतहट जिल्लाको महादेवपट्टि नाकाबाट भारततिर लाँदै गरेका १७ वटा गाई गोरु नेपाल प्रहरीले बरामद गरेर गौर भन्सारमा बुझाएको थियो । रौतहट सशस्त्र प्रहरीले बेलाबेलामा भारततर्फ जाने गाई गोरु बरामद गरेर भन्सार बुझाएर काम देखाउने गरेको गौरका एक स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले भने प्रहरीले राति रातिको समयमा गाई गोरु तस्करहरूले गाईगोरु भारततर्फ लाने गरेको आफूहरुले सुन्दै आएको र भ्याएसम्म बरामद गरेर भन्सार बुझाउने गरेको जानकारी दिने गरेको छ । यता प्रहरीले बरामद गरेर भन्सार कार्यालय गौरमा बुझाएका गाई गोरु पुन तस्करले नै सरकार गरी पुन भारततर्फ पुर्याउने गरेको जानकारहरूको भनाइ रहेको छ । भन्सार कर्मचारीकै सेटिङमा जसले तस्करी गरेर भारत लान लागेको हो उसैलाई गाई गोरु सस्तो मूल्यमा फिर्ता दिइने गरेका कारण रौतहटको नाकाबाट गाईगोरुको तस्करी रोकिन नसकेको भनाइ छ ।
प्रतिक्रिया