जनकपुर : आशंका पछि चार सुनचाँदी व्यवसायीलाई पक्राउ

न्यूज डेस्क     २०८० माघ १७, बुधबार २०:४७ बजे मा प्रकासित


जनकपुरधाम । राजश्व अनुसन्धान विभागले चारजना सुनचाँदी व्यवसायीलाई जनकपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बलराम ज्वेलर्सका संचालक बलराम साहसहित चारजना छन् ।

विभागले सिरहाको मिर्चैयाबाट समेत एक सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको छ । राजश्व छलेको आशंकामा उनीहरुलाई पक्राउ गरेको राजश्व अनुसन्धान विभाग कार्यालय पथलैया बाराले जनाएको छ ।

 

पक्राउ गरेको विरोधमा जानकी मन्दिर स्थित सोनारपट्टी बजारका व्यवसायीले पसल बन्द गरेर प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया





Top