सिराहा । सिराहाको लहान – ८ मा अवस्थित राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५ औं सधारणसभा भव्यताका साथ सम्पन्न गरेको छ।
” एकका लागि सबै, सबैका लागि एक” नारासहित राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार पाँचौ साधारणसभा तथा वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। सो कार्यक्रमको अध्यक्षता रञ्जित कुमार यादवले गर्नु भएको थियो भने ,प्रमुख अतिथि नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय महासचिव जीवन काफ्लेका अनुसार सहकारीको सुरुवात सन् १८४४ बेलायतबाट भएकोमा अहिले हरेक देशको कुनाकुनामा रहेको बताए ।
नेपालमा मात्रै राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सङ्ख्या ६९ वटा रहेको ‘उनलेे’ बताए । विशिष्ट अतिथि प्रदेश सांसद राजेन्द्र प्रसाद चौधरी अतिथिहरु ईलाका प्रशासन कार्यालय लहानका प्रमुख लिलाकान्त पौडेल, पेशागत महासंघ सिरहा जिल्लाका अध्यक्ष कृष्णदेव यादव, प्रदिप सिंह, सीता निरौला लगायत कर्मचारी तथा सेयर सदस्यहरुको उपस्थितिमा भव्यताका साथ आजको कार्यक्रम सम्पन्न भएको छ। यो सँगै कुल स्थापना सदस्य सङ्ख्या – २५ ( १ महिला , २४ पुरुष ) थियो । भने, हाल सदस्य सङ्ख्या वृद्धि भई १५६ पुगेका छन् जसमा ( २३ महिला , १३२ पुरुष र १ संस्था ) रहेको छ ।
प्रदेश सांसद राजेन्द्र प्रसाद चौधरीका अनुसार – देशैभरिमा छरिएर रहेका सहकारीले बचतको नाममा भाषिक परिवर्तन ल्याएको छ। बचतले दिगोपनामा जोड दिन्छ, खासगरी नेपाल निजामती, तथा राष्ट्रसेवक बचतले आफ्नो छोराछोरी पढाउन, आकर्षक भविष्यमा बढी जोड दिने बताए ।
संस्थाका अध्यक्षय रंजीत कुमार यादवको अनुसार यस संस्थाले कर्मचारी सञ्चयकोषबाट अहिले विशेष सापटी ऋण लिदा ८.६ प्रतिशतमा ब्याज लिने गरी उपलब्ध गराछ कर्माचारी सञ्चयकोष भन्दा पनि कम ब्याज दर ७।५ प्रतिशतमा हामी कर्मचारीहरुलाई ऋण यो साधारणसभा पश्चात उपलब्ध गराने बतानु भयो । यो भन्दा सस्तो व्याज दरमा कुनै पनि बितिय संस्थाले ऋण उपलब्ध गराउन नसकिने उहाँले दावि गर्नुभयो ।








प्रतिक्रिया