अज्ञात व्यक्तिद्वारा सुनचाँदी व्यवसायीमाथि गाेलि प्रहार

न्यूज डेस्क     २०८० माघ २१, आईतवार ०६:५५ बजे मा प्रकासित


नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा एक सुनचाँदी व्यवसायी माथि गोलि प्रहार भएको छ ।

बर्दघाट नगरपालिका बस्ने अन्दाजी बर्ष ६५ को सुनचाँदी व्यवसायी गजेन्द्र बिश्वकर्मा आफ्नो सुस्ता गाउँपालिका वार्ड न १ बरुवामा रहेको सुनचाँदी पसल बन्द गरेर घर फर्किने क्रममा बर्दघाट नगरपालिका वार्ड नं – १६ स्थित केराबारी गउँको नजिक पुलमा अज्ञात ब्यक्तिको गोलि प्रहारबाट घाइते भइ उपचारको लागि चिसापानी अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताएका छन् ।

सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बोहराका अनुसार घाइते बिश्वकर्माको पाखुरामा गोलि लागेको र उपचारका लागि बुटवलको तिनाउ अस्पतालमा पठाएको र गोलि प्रहार गर्ने ब्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया





Top