मूर्तिकारहरुलाई भ्याइ नभ्याइ

शम्भु पण्डित     २०८० माघ २२, सोमबार ०६:४९ बजे मा प्रकासित


धनुषा | सरस्वती पुजा नजिकिदै जांदा धनुषाका कालिगढहरु मुर्ति बनाउनमा व्यस्त छन् । यस्तै, सबैला नगरपालिका-८ ठिल्लाका मुर्तिकार पनि यतिबेला व्यस्त नै भएका छन् ।

मुर्तिकार ४० वर्षको राम सागर राय र २२ वर्षको सुबोध कु. राय(काका/भतिज) मिलेर भन्छ ३-४ दिनमा एक मुर्ती बनाउनमा समय लागिएको छ। सुबोध पठाई पनि गर्छन् र फुर्सदको समयमा काका संगै मुर्तिको रुप दिइन्छन ।

धार्मिक परम्परा अनुसार माता सरस्वतीको पुजा अर्चनामा मुर्तिको प्रतिमाको आवश्यक्ता पर्ने भएकाले धनुषा लगायत बिभिन्न स्थानमा सरस्वती माताको मुर्ति बनाउन अहिले लागी परेका हुन् । एउटा सरस्वातीको मुर्ति आकार हेरेर चार हजार देखि आठ हजार सम्ममा बिक्रि हुने गरेको मुर्तिकार सुबोध बताउछन। प्रत्येक बर्ष सरस्वतीको मुर्ति बनाएर आम्दानी लिने गरेको उहाको भनाई छ ।

विशेष गरि सरस्वति पुजाको समयमा मुर्तिको माग हुने गरेको उहाले जानकारी दिनुभयो । सरस्वती पुजा धार्मीक परम्परा भएपनि त्यसभित्र ठुलो व्यवसाय लुकेको मुर्तिकारहरुले बताएका छन् ।

धनुषाका अधिकांश निजी तथा सामुदायीक विद्यालयहरुले सरस्वती पुजाको दिनमा विद्यालयमा मुर्तिको प्रतिमा प्रतिस्थापन गरेर पुजा मनाउने गरेका छन् । यस वर्ष बंसन्तपंचमि अर्थात् सरस्वती पुजा फाल्गुन २ गते बुधबारका दिन परेका छन् ।

प्रतिक्रिया





Top