गाडी दुर्घटना भएपछि नापी कार्यालयका ११ कर्मचारी घाइते, सबै अस्पतालमा भर्ना

न्यूज डेस्क     २०८० माघ २३, मंगलवार ०७:१२ बजे मा प्रकासित


जनकपुरधाम । गम्भीर घाइते हुनेहरुमा नापी कार्यालय सर्लाहीका प्रमुख काभ्रे बनेपा उपमहानगरपालिका वर्ष ४५ का संजय मान्धर, मलंगवा नगरपालिका ३ बस्ने वर्ष ३५ का रामलाल साह, सर्लाहीको बागमती नगरपालिका ५ बस्ने बिनोद घिमिरे र महोत्तरीका ३० वर्षीय बैजु यादव छन् । उनीहरुलाई थप उपचारको लागि वीरगञ्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

त्यस्तै मध्यम घाइते हुनेहरुमा सर्लाहीको कौडेना गाउँपालिका २ बस्ने वर्ष २४ का संजित मण्डल, महोत्तरीको एकडारा गाउँपालिका २ बस्ने वर्ष ३० का रिटेन यादव, मलंगवा नगरपालिका ३ बस्ने वर्ष ५० का बैधनाथ पटेल, मलंगवा नगरपालिका ७ बस्ने वर्ष ३४ का रामबावु राय, धनुषाको सहिदनगर नगरपालिका ७ बस्ने वर्ष २९ का दिपेन्द्र यादव, बाराको कलैया उपमहानगरपालिका २० बस्ने वर्ष २४ का सहिद अनवर र महोत्तरी बस्ने वर्ष २५ का अजय यादव छन् ।

उनीहरु चढेको बी.आ.०६ पी.डी.९६४८ नम्बरको सफारी सोमबार राति ८ बजेको समयमा नवलपुर मलंगवा सडक खण्डको मलंगवा नगरपालिका ११ गमहरियामा उँखु लोड भएको ज २ त १०६७ नम्बरको ट्याक्टरको पछाडिबाटै ठोक्किएको हो ।

उनीहरुको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ । केहीलाई थप उपचारको लागि वीरगञ्ज रेफर गरिएको छ ।

प्रतिक्रिया





Top