सबिन तामाङ ,महोत्तरी । मधेस प्रदेश महोत्तरी जिल्ला बर्दिवास नगरपालिका वडा नम्बर १० खयरमाराको दमार भञ्ज्याङ् सामुदायिक वन भित्र चन्देश्वर महादेव र रक्तकाली देवीको शक्ति पिठ भेटिएको छ ।
भेटिएको दैविक पिठ लाई तत्काल संरक्षण गर्न बर्दिवास नगरपालिका वडा नम्बर १० ले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम बाट त्यहाँ सम्म पुग्न खोलिदिएको बाटो ट्र्याक लाई स्थानीय समाजसेवी हिरा बहादुर श्रेष्ठको ब्यक्तिगत पहलमा थप बाटोको मर्मत गरि यातायातका साधन पुग्ने बनाएको छ ।
प्रवर्द्धनको लागि गएको पौष ९ गते धन्यापुर्णेको अवर पारी उक्त स्थानमा मेलाको आयोजना गरेपछि यस धार्मिक स्थलको सर्वत्र चासो हुन थालेको छ। संरक्षण तथा प्रवर्द्धनको निम्ति बैज्ञानिक वन उपभोक्ता महासंघ मधेस प्रदेश कि अध्यक्ष राम कुमारी रुम्बा स्थानीय हिरा बहादुर श्रेष्ठ लगायतको पहल र सामुदायिक वनको आयोजनामा गत २२ माघमा मधेस प्रदेश वन तथा वातावरण मन्त्री रमेश कुमार कुर्मी डिभिजन वन कार्यलयका प्रमुख सन्तोष कुमार झा लगायतको सामुहिक टोलिले अवलोकन गर्नुभएको छ।
अबलोकन पश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कुर्मी ले आफू पनि सनातन धर्मलम्वी भएकोले सुन्ने बित्तिकै दर्शनको लागि आतुर रहेकोले आज दर्शन गर्ने सौभाग्य मिल्यो । यस् धार्मिक स्थल वन क्षेत्र भित्र परेकाले वन संग समन्वय गरी आएमा आफ्नो मन्त्रालय बाट तत्काल आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनु भएको छ। यसैगरी मन्तव्यको क्रममा बर्दिवास नगरपालिका वडा १० का अध्यक्ष प्रमोद कुमार मोक्तानले यस धार्मिक स्थलको प्रवर्द्धन गर्न सके यस क्षेत्रमा पर्यटनको राम्रो सम्भावना रहेको भन्दै मन्त्रालय बाट उचित बजेट निकासा गरि यस क्षेत्रको विकासमा हातेमालो गरिदिनुहुन मन्त्री कुर्मी लाई अनुरोध गर्नु भएको छ ।
कार्यक्रममा प्रदेश सांसद लालबाबु साह , लोसपा केन्द्रिय सदस्य पिताम्बर महतो डिभिजन वन कार्यलय महोत्तरीका प्रमुख सन्तोष कुमार झा, बैज्ञानिक वन उपभोक्ता महासंघ मधेस प्रदेश कि अध्यक्ष राम कुमारी रुम्बा स्थानीय समाजसेवी गोपाल श्रेष्ठ , सामुदायिक वनका अध्यक्ष राजकुमार श्रेष्ठ लगायतले धार्मिक क्षेत्रको विकासमा जोड दिँदै आ आफ्नो मन्तव्य राख्नुभएको थियो ।








प्रतिक्रिया