औरही नगरपालिकामा बिपन्न दलितका लागि ३० घर निर्माण हुने

मधेशपाटी अनलाइन     २०८० माघ २३, मंगलवार १६:४९ बजे मा प्रकासित


धर्वेन्द्र कुमार यादव”यदुवंशी”,महोत्तरी । महोत्तरीको औरही नगरपालिका वडा नम्बर २ स्थित चेपकटमा बिपन्न दलितका लागि ३० घर निर्माण हुने भएको छ ।

आ.ब २०८०/२०८१ को ‘‘औरही नगरपालिका अन्तर्गतका बिपन्न दलित परिवारका घरघुरीहरुलाई अवासको लागि भवन निर्माण”का लागि २ करोडको लगानीमा ३० घर निर्माण हुने भएको हो। उक्त आवास निर्माणका लागि औरही नगरपालिकाका मेयर प्रदिप कुमार खड्काले एक कार्यक्रमका बीच सोमवार शिलान्यास गरेका छन् ।

दलित घरपरिवारको लागि दलित आवास शिलान्यास गर्दै मेयर खड्काले विपन्नहरुलाई राम्रो वासस्थान नभएर दुःख भोग्नु परेको हुँदा आवास निर्माण गरिने बताए ।

मेयर खड्काले भने, ‘ हाललाई नगरपालिकाले दलित आवास कार्यक्रम नगरपालिकाले विनियोजन गरेको बजेटबाट आवस निर्माणको कार्य शुरूवात गरेको छौं, बाँकी रहेको अरु लक्षित परिवारको लागि पनि नगरपालिकाले सहयोग गर्नेछ ।’ नगर प्रमुख खड्काले भने जनताको जीवनस्तर उकास्ने कार्यहरूमा आगामी दिनमा पनि यस्तै कार्य गर्ने बताए। औरही नगरपालिका २ का वडा अध्यक्ष दरेश यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा औरही नगरपालिकाका ईन्जिनियर सन्तोष यादव लगायतकाले मन्तव्य व्यक्त गरे ।


औरही नगरपालिकाका वडा २ चेपकटका स्थानीयले नगरपालिकाले गरिव जनताको आवास निर्माणमा सहयोग गर्न आएकोमा नगरपालिका लाई धन्यवाद व्यक्त गरेकाछन् । शिलान्यास कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत,वडाका वडासदस्य लगाएत स्थानीय राजनीतिकर्मी र स्थानीयहरुको सहभागीता रहेको थियो।

प्रतिक्रिया





Top