जनमत पार्टीले संघीय सरकार नछाड्ने निर्णय

मधेशपाटी अनलाइन     २०८० माघ २३, मंगलवार २१:१२ बजे मा प्रकासित


जनकपुरधाम । जनमत पार्टी संघीय सरकार नछाड्ने निर्णय गरेको छ । बानेश्वरस्थित पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले सो निर्णय गरेको हो ।

मधेस सरकार छाडेको जनमत पार्टी संघीय सरकार पनि छाड्ने चर्चा चलेपनि बसेको सचिवालयको बैठकले संघीय मन्त्रालयबाट मन्त्री नफर्काउने निर्णय गरेको छ । संघीय सरकारमा जनमत पार्टीको एक जना मन्त्री अनिता साह रहेका छन् ।

गत वैशाखमा बारा–२ मा भएको उपचुनावको समयमा खानेपानी मन्त्रीबाट अब्दुल खानले राजीनामा दिएका थिए । चुनाव सकिएपछि जनमत पार्टी पुनः सरकारमा गएको थियो तर अब्दुल खानको ठाउँमा अनिता साहलाई पठाइएको थियो । जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा काठमाडौँमा आमसभा गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया





Top