शहिदनगरका शिक्षा प्रमुख विश्वनाथ यादवलाई विद्यालयमै फिर्ता नपठाए संघर्ष हुन्छ : वडाध्यक्ष निराला

मधेशपाटी अनलाइन     २०८० माघ २४, बुधबार ०६:२२ बजे मा प्रकासित


जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष उमेश कुमार निरालाले नगर शिक्षा शाखा प्रमुख विश्वनाथ यादवलाई यथाशिघ्र दरबन्दी रहेको विद्यालयमा पठाउन चेतावनी दिएका छन् ।

मंगलबार नगर उपप्रमुख सुनिता सिंहलाई एक ज्ञापन पत्र बुझाउँदै कार्यपालिका सदस्य समेत रहेका वडाध्यक्ष निरालाले दरबन्दी कायम गरिएको विद्यालयमै यथाशिघ्र नपठाए संघर्ष गर्ने चेतावनी दिएको हो ।

केही दिन अगाडी शिक्षा शाखा प्रमुख यादवले आफनो फेसबुक अकाउण्टबाट तथानाम लेखेको भन्दै निरालले उनलाई कारवाही स्वरुप आफ्नै विद्यालयमा फर्कन चेतावनी दिएको हो ।

तृतिय श्रेणीका शिक्षक रहेका यादवलाई शिक्षा शाखा जस्तो प्रमुख पदमा रहेर समाजिक संजाल मार्फत ठाकुर र मण्डल जातीलाई ईकित गर्दै जातीय विभेद र मानमर्दन गरेको उल्लेख गर्दै नैतिक रुपमा पनि विद्यालय फर्किनुपर्ने बताएका छन् ।

आफ्नो पदीय मर्यादालाई समेत ख्याल नगरी शिक्षा शाखा प्रमुख यादवले फेसबुकबाट कुनै जातजातीलाई होच्याउने कार्य गरेको, अपमान गरेको भन्दै उनलाई कारवाही गर्न माग समेत गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित वडाध्यक्ष निरालाले यथाशिघ्र आफ्नो दरबन्दीमा नगए जस्तोसुकै संघर्ष गर्ने चेतावनी दिएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, शिक्षा समन्वय ईकाई, जिल्ला प्रशासनबाट समेत यादवलाई दरबन्दीमा पठाउन पटक पटक पत्राचार गरेपनि नगरपालिकाले उनलाई शिक्षा शाखा प्रमुख बनाएर राखेका हुन् ।

प्रतिक्रिया





Top