समाचार संकलन गर्न जादा पत्रकार तिवारीलाई निर्धात कुटपिट : प्रभू साहले गरे कार्बाहीको माग

मधेशपाटी अनलाइन     २०८० माघ २४, बुधबार १०:४२ बजे मा प्रकासित


जनकपुरधाम । समाचार सङ्कलन गर्न पुगेका रौतहटका एक पत्रकारमाथि कुटपिट भएको छ । रौतहटको कटहरिया नगरपालिका–९ मा रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालिले उखुको तौल घटाएको विषयमा मङ्गलबार आन्दोलनरत किसानको रिपोर्टिङ् गर्न पुग्नुभएका पत्रकार कृष्ण तिवारीमाथि आक्रमण भएको हो । प्रेस समाजवादी सङ्गठनको केन्द्रीय सदस्य समेत रहनु भएका पत्रकार तिवारीको छाती र आँखा छेउमा चोट लागेको छ ।

आम जनता पार्टीका अध्यक्ष प्रभू साहले आफ्नो आधिकारिक समाजिक सञ्जाल फेसबुक मार्फत पत्रकार कृष्ण तिवारी लगायतका पत्रकारहरु माथी भएको सांघातिक हमला एवं निर्घात कुटपिटको घोर भत्सर्ना गर्दै दोषीलाई कड़ा करवायीको जोड़दार माग गरेका गरेका हुन् । तत्काल घटनास्थल पुगेका प्रहरीको सहयोगमा घाइते तिवारीको गरुडास्थित हेल्थ ल्यान्ड अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगञ्ज पठाइएको नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले जानकारी दिनुभयो ।

पत्रकार तिवारीमाथि भएको आक्रमणको पत्रकारका विभिन्न सङ्गठ नेपाल पत्रकार महासंघ र समाजबादी संगठनले दोषी उपर कारवाहीको माग राख्दै विज्ञप्ति समेत निकालेका छन् । यता मिल प्रशासनले भने आफुहरुले पत्रकारमाथि आक्रमण नगरेको दाबी गरेको छ ।

बिक्रीका लागि पठाइएको उखुको तौल मिल प्रशासनले घटाएको भन्दै उखु किसान प्रशासनविरुद्ध उखु जोख्ने काँटा नजिक नाराबाजी गर्दै आन्दोलनमा उत्रिएका थिए । सोही बखत रिपोर्टिङ् गर्न घटनास्थल पुग्नु भएका पत्रकार तिवारीलाई मिल सञ्चालक बैजु साहकै इशारामा आक्रमण भएको उहाँ स्वयम् बताउनुहुन्छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले घटनामा संलग्न एक जना पक्राउ परेको जानकारी दिनुभयो । उहाँकाअनुसार थप अनुसन्धान जारी छ ।

प्रतिक्रिया





Top