जनकपुर : स्कूल बसले ठक्कर दिँदा एक भारतीय युवकको मृत्यू

न्यूज डेस्क     २०८० माघ २५, बिहीबार २१:२६ बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा स्कूल बसले ठक्कर दिँदा एक युवकको मृत्यू भएको छ ।

आज (विहिबार) विहान करिब ८ः३० बजेको समयमा जनकपुरधाम उपमहागनरपालिका वडा नं.२३ बेलापुरस्थित जनकपुरको श्रीराम बोर्डिँग स्कूलको बसले ठक्कर दिएपछि एक भारतीय युवकको मृत्यू भएको हो ।

 

बा २ प ७६० स्कूल बसले साईकल यात्री भारतको मधुवनी जिल्ला बस्ने तथा हाल जनकपुरमै ससुराली बस्दै आएका बर्ष २७ का ममताज कवारीलाई ठक्कर दिएपछि गम्भिर घाईते भएका थिए । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यता, स्कूल बस र चालक महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. ५ बस्ने रामजस मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया





Top