लागुऔषधसहित एक युवक पक्राउ

न्यूज डेस्क     २०८० माघ २७, शनिबार ०७:०८ बजे मा प्रकासित


सिरहा । सिराहाको दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिका– ३ धातीबाट प्रतिबन्धित लागुऔषधसहित सप्तरीको सुरुंगा नगरपालिकाका एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुरुंगा- ७ हरिपुरका करिब २० वर्षीय रुपेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

 

प्रहरीका अनुसार बिहीबार अपराह्न भगवानपुर गाउँपालिका– ३ धातीस्थित भित्री सडकखण्डमा कालो प्लास्टिकको झोलामा प्रतिबन्धित लागुऔषधसहित हिँडिरहेको अवस्थामा चौधरीलाई पक्राउ गरिएको हो।

सीमावर्ती प्रहरी चौकी ठाडीबाट खटिएको गस्ती टोलीबाट पक्राउ गरिएका चौधरीले बोकेको झोलामा १७–१७ एम्पुल ब्रोमेथोजिन, बुप्रेनोर्फिन र डाइजिपाम र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।

लागुऔषधसहित पक्राउ गरिएका उनलाई लहानस्थित इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया





Top