कतार च्यारेटीको सहयोगमा किसानलाई साना सिचाई सुबिधा

न्यूज डेस्क     २०८० माघ २८, आईतवार २०:११ बजे मा प्रकासित


अमित ठाकुर,रौतहट ।  आकासे पानीको भरमा खेति गर्दै आएका रौतहटका १३ जना किसानालाई साना सिचाईको सुबिधा उपलब्ध गराइएको छ । कतार च्यारेटीको सहकार्य र ग्रामिण बिकाश केन्द्र नेपालको आयोजनामा संचालित नेपाल एकीकृत बिकाश कार्यक्रम को क्रममा किसानहरुलाई सो सुबिधा उपल्भ गराएको छ ।

रौतहट जिल्लाको दुर्गा भगवती ,यमुनामाइ गाउपालिका र गौर नगरापालिकामा संचालित उक्त कार्यक्रमको क्रममा किसानहरुलाई अत्याधुनिक सुबिधा सहितको पम्पहरू जडान गरिएको छ ।

बिपन्न तथा बन्चितिकरणमा परेका साना किसानहरुलाई लक्षित गर्दै सो परियोजना संचालन गरिएको थियो । किसानहरुले पानि नपरेको बेला अति खर्चिला विधिबाट सिचाई गर्दै आएकोमा अब उपरान्त सिचाई सेवा सस्तो हुने बिस्वास लिएको छ । आवस्यक समयमा पर्याप्य्त सिचाईको ब्यबस्था भएकोले उत्पादन बढ्ने र लागत घट्ने अनुमान गरिएको छ । सानो सानो कृषक समुह बनाई सो सहयोग गरिएको र जडान भएका पम्पहरुबाट दसौ बिघा खेतमा सिचाईको सुबिधा पुगेको कार्यक्रम प्रबन्धक बालकृष्ण झाले बताउनु भएको छ

प्रतिक्रिया





Top