अनिल बनिया,नवलपरासी । कुवेतमा बैदेशिक रोजगारको क्रममा अलपत्र एक महिलाको नेपाली कांग्रेसका नेता एवंम् संघीय सांसद बिनोद चौधरीको पहलमा उद्धार गरी घर फर्काईको छ । वैदेशिक रोजगारीको क्रममा कुवेत पुग्नुभएकी पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४, धर्मबस्ती स्थायी निवासी खगीसरा राहदी मगरलाई सांसद चौधरीको पहलमा उद्धार गरिएका हो ।
मा.विनोद चौधरीको विषेश पहलमा स्वदेश फिर्ता भएकी खगीसरालाई मेनपावर कम्पनीबाट क्षतिपूर्ति दिलाउँन आवश्यक पहल भइ रहेको छ । चौधरीको राजनितिक तर्फका स्वकीय सचिव राजकुमार घिमिरेले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीको लागि शुभम ओभरसिज इम्प्लाइमेन्ट प्रा. लि., काठमाडौं, नेपाल मार्फत् झण्डै २ महिना अघि मगर कुवेत पुग्नुभएको थियो ।
सम्झौता बमोजिमको काममा नलगाइएको र रोजगारदाता कम्पनीले समेत दुःख दिएकोले निज खगीसरा अलपत्र परी कम्पनीबाट भागेर नेपाली राजदुतावास कुवेतमा शरण लिएको अवस्थामा सांसद चौधरीको पहलमा मगरलाई उद्धार गरिएको छ ।
विनोद चौधरीले श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, कुवेत स्थित नेपाली राजदुतावास, मेनपावर कम्पनीसँग आवश्यक समन्वय गरी मगर स्वदेश फिर्ता गराई उनी आफ्नो घर पुगिसकेकी छन् ।
प्रतिक्रिया