अबैध पेस्तोल सहित दुई जना प्रहरीको नियन्त्रणमा

न्यूज डेस्क     २०८० फाल्गुन २, बुधबार २०:४० बजे मा प्रकासित


बिनोद निगम ,नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं.१२ जहदा स्थितमा अन्दाजी ९ :२० बजेको समयमा अबैध हतियार (पेस्तोल) सहित दुई जना पक्राउ परेका छन् ।

दुई जना मानिसहरु पेस्तोल सहित हिडिरहेका छन भन्ने गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट भटौलियाबाट खटिएको प्रहरी टोलीले भटौलिया मझौनी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ शंकास्पद रुपमा पैदल गईरहेका दुईजना व्यक्तिहरुलाई रोकी सोधपुछ गर्दा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी रेशम बोहरले बताए ।

तत्काल नामथर,वतन खुलेका जिल्ला नवलपरासी बर्दघाट नगरपालिका वडा न.१३ बस्ने अजय अहिर र ऐ.ऐ.वडा नं.१३ लेवडा कमल चौधरीलाई चेकजाँच गर्ने क्रममा अजय अहिरले लगाएको निलो जिन्स पाटईन्टको अगाडिको बायाँ गोजी (खल्ती) मा लुकाई छिपाई राखेको अवस्थामा कालो रङ्गको हतियार (पेस्तोल) फेला पारी रितपूर्वक बरामद गरी निज अजय अहिर र कमल चौधरी समेतलाई तत्काल प्रहरीले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट आज बुधबार सम्मानित अदालतबाट हातहतियार तथा खरखजना मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया





Top