लागुऔषध चरेस सहित एक जना पक्राउ

न्यूज डेस्क     २०८० फाल्गुन ३, बिहीबार ०६:४६ बजे मा प्रकासित


बिनोद निगम , नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १४ चौपत्ता बस्ने झपट बहादुर कामीको छोरा लाई गएको यही फागुन १ गते मंगलबार ४ बजेको समयमा वर्ष ३२ को राजु वि.क.ले लागुऔषध बेचबिखन गर्दै प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध बेचबिखन गर्दै आएको भन्ने सूचना प्राप्त हुनसाथ तत्काल ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले निज राजु वि.क.लाइ फेला पारि स्थानीय जनप्रतिनीधि समेतको रोहबरमा निजको घर खानतलासी गर्दा निजको आफ्नो कोठामा रहेको काठको दराजमा कालो रङ्गको पोलिथिनमा प्याक गरी राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी एवं डिएसपी रेशम बोहरले बताए ।

कालो रङ्गको चरेश जस्तो देखिने पदार्थ ७० ग्राम, सोही दराजमा रहेको निलो ब्यागमा रु.१०००/- दरको नोट थान ७२, रु.५००/- दरको नोट थान १९ र रु.१००/- दरको नोट थान १० गरी जम्मा नेपाली रु बयासी हजार पाँच सय रुपैया मात्र) फेला परेको हुँदा उक्त लागु औषध र नगद सहित निज राजु वि.क.लाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बर्दघाट मार्फत सम्मानित अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको डिएसपीले जानकारी दिए।

प्रतिक्रिया





Top