लागु औषध र तस्करी नियन्त्रणमा आक्रामक बन्दै नवलपरासी प्रहरी

मधेशपाटी अनलाइन     २०८० फाल्गुन ३, बिहीबार २३:२३ बजे मा प्रकासित


बिनोद निगम ,अनिल बनिया /नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं. ५ भगतपुरा स्थित प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरी गस्ती टोलीले करिब ५ बजेको समयमा भारतबाट नेपालतर्फ पैदल आउदै गरेको २ जना लाई लागु औषधसहित पक्राउ गरेको छ।

तत्काल नामथर वतन खुल्न आएको रामग्राम नगरपालिका वडा नं.१ सौवाटिकर बस्ने वर्ष अन्दाजी २२ को दिनानाथ राजभर र रामग्राम नगरपालिका वडा नं. १२ पचगवा बस्ने वर्ष अन्दाजी २० को मनिष ठाकुरलाई शंका लागि चेकजाँच गर्दा बरामद भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवं डिएसपी रेशम बोहर ले बताए ।

मनिष ठाकुरले लगाएको हुडको खल्ती भित्र कालो प्लाष्टिकमा बेरी राखेको लागुऔषध नाईट्राभेट (एक सय पचास) ट्याब्लेट फेला पारी रितपूर्वक बरामद गरी उक्त लागुऔषध र निज व्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नवलपरासीमा ल्याई लागू औषध सम्वन्धी कसुर मुद्धामा ५ दिन म्याद थप भइ अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया





Top