जनकपुरधाम । भारतमा नेपालीले अब सजिलै रुपमा सिमकार्ड पाउने भएका छन् ।
भारत सरकारले नेपाली र भुटानीलाई सहज रुपमा सिमकार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको हो। अब नेपाली र भुटानीले मतदाता परिचयपत्र देखाएर पनि मोबाइलको सिमकार्ड पाउने मिलाइएको भारत सरकारले जनाएको छ ।
अन्य देशबाट भारत जाने नेपाली र भुटानीले भने सिमकार्ड लिन भिसासहितको राहदानीको प्रतिलिपि अनिवार्यरुपमा देखाउनुपर्नेछ ।
त्यस्ता सिमकार्डमा कुनै पनि अन्तर्राष्ट्रिय रोमिङलाई अनुमति दिइने छैन ।








प्रतिक्रिया