महेशपुर भन्सारमा क्वारेन्टाईन स्थापना गर्न माग : सांसद ध्रुव बहादुर प्रधान

मधेशपाटी अनलाइन     २०८० फाल्गुन ८, मंगलवार २१:४२ बजे मा प्रकासित


बिनोद निगम,नवलपरासी । जिल्ला नवलपरासी क्षेत्र नं.२ का संघीय सांसद ध्रुवबहादुर प्रधानले महेशपुर भन्सारमा क्वारेन्टाईन स्थापना गर्न माग गरेका छन् ।

गए आईतबार प्रतिनिधि-सभाको बैठकमा विशेष केही मिनट समय लिएर बोल्दै सांसद प्रधानले पश्चिम नवलपरासी जिल्लाको महेशपुर भन्सारमा तत्काल क्वारेन्टाईन स्थापना गरि सञ्चालन गर्न सरकारसँग माग गर्नु भएको हो ।

राप्रपा उपाध्यक्ष समेत रहनुभएका प्रधानले महेशपुर भन्सारमा क्वारेन्टाईन नहुँदा व्यवसायीहरु परीक्षणका लागि एक देखि २ दिन सम्म कुर्नु पर्ने र रुपन्देहीको बेलहिया भन्सारमा परीक्षण गर्न जानुपर्दा समय र खर्चको व्ययभार खेप्नुपरेको बताउनुभयो ।

यस क्षेत्रमा पछिल्लो समय ठूला तथा मझौला उद्योगहरु पनि खुलेको र उद्योगीको सहजताका लागि पनि महेशपुर भन्सारमा क्वारेन्टाईनको आवश्यकता रहेको भन्दै उहाँले नेपाल सरकार, कृषि तथा पशुपन्छी मन्त्रालयको ध्यनाकर्षण गराउनु भएको हो । मूल भन्सारमा रूपमा परिणत भएको ५ वर्ष बितिसक्दा पनि महेशपुर भन्सारमा हालसम्म क्वारेन्टाईन स्थापना गरिएको छैन् ।

प्रतिक्रिया





Top