बिनोद निगम,नवलपरासी । नवलपरासी जिल्लाको पल्हिनन्दन पाल्हीनन्दन वाड १ महेशपुर चोकमा जडान गरिएको सोलर बत्ति ४ वर्षजति भयो तर-एक वर्ष भन्दा बढी टिकेन,बत्ती बल्न छोडेको तीन वर्ष भइसक्दा पनि मर्मतका लागि कुनै पनि पहल नभएको समाजसेवी बिरेन्द्र गुप्ताले बताउनुभयो।
सोलर बत्ती जडान भएको ४ महिना लगत्तै बत्ती बल्न छोडेको साथै बिकासको गति नदेखिएको भन्दै महेशपुरका स्थानीय मोहित हरिजन र राजकुमार हरिजनले गुनासोपोखेका छन्।
सुनरीका युवा नेता रविन्द्र पटेलको भनाई अनुसार २ बर्ष कार्यकाल बितिसक्दा पनि शून्य विकास भएको छ । त्यसैगरी चम्कीपुरमा ४ बर्ष पहिले नै जडान गरिएका सोलर बत्तीहरू ३ देखि ४ महिनामै बिग्रिदा त्यहाँका स्थानीय युवाहरुद्वारा मर्मत गरिएको थियो र पछि फेरि बिग्रिएपछि अहिलेसम्म मर्मत नभएको त्यहाँका स्थानियहरूको भनाई छ।
साथै शंकरपुर र रमपुरवामा पनि सोही अवस्था रहेको छ । रातिमा बल्नुपर्ने बत्ती सधैँका लागि निभेपछि पैदलयात्रीले खेप्नुपरेको स्थानीयहरुले बताएँका छन् ।
प्रतिक्रिया