जिल्ला प्रशासन कार्यालय पर्साले केही ठाउँमा जारी गरेको कर्फ्यु आदेश पूर्ण रूपमा हटाईए

मधेशपाटी अनलाइन     २०८० फाल्गुन ९, बुधबार २३:२१ बजे मा प्रकासित


धिरज बर्णवाल,वीरगन्ज /पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा जारी गरेको कर्फ्यु आदेश पूर्ण रूपमा हटाईएको छ ।

साेमबार दुई फरक धर्म समुदायका बिच भएको झडप पछि स्थानीय प्रशासनले वीरगन्ज महानगरपालिकामा साेमबार साँझ ५ देखि नै अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियाे।मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्म सर्वसाधारणको किनमेलका लागि खुकुलाे गरिएको कर्फ्यु बिहान १० बजेपछि पुन लागु गरिएको थियो।

त्यसै गरी बुधवार पनि बिहान ६ बजे देखि ११ बजे सम्म कर्फ्यु खुकुलो गरीएको थियो र साथै बेलुका राति १० बजे लागु हुने कर्फ्यु अब पूर्ण रूपमा हटाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

वीरगञ्जमा भएको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति आएकाले कर्फ्यु आदेश जारी भएको थियो ।

प्रतिक्रिया





Top