रामशरण यादव,रौतहट ।रौतहट जिल्ला क्षेत्र नं ३ अन्तर्गत मौलापुर नगरपालिकाद्वारा लक्ष्मिनिया माविको प्राङ्गणमा आयोजित ‘साक्षरताका लागि सांस्कृतिक कार्यक्रम’ सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष एवम संघिय सांसद प्रभु साहले सांस्कृतिक कार्यक्रमले नवोदित छात्रछात्राको मनोबलमा सकारात्मक प्रभाव पर्ने बताए । आजैकै प्रस्तुतीमा राष्ट्रीय कलाकार जस्तै प्रस्तुती गरें साथ साथ यस नगरमा क्रिकेट खेलाडीले राष्ट्रीय जस्तै प्रदर्शन गरेका थिए यो नगरकलागि गौरवको विषय रहेकाे अनुभुति गरेका हुन । यो भुमि देवका देवकोको भूमि रहेको साहले बताए । दुनियालाई कल्याण गर्नलाइ यस भूमि अग्रगामी कार्यदिशाका साथ अगाडी बढ्दै गएको छ। आउने दिनमा यहाँका बच्चाहरु एक बच्चा एकलाइ
साक्षरता बनाउँन सांसद साहले आग्रह समेत गरेका हुन ।
उनले शिक्षा आर्जन नै सबैभन्दा ठूलो सम्पत्ति रहेको चर्चा गर्दै उनले छोराछोरी दुवैलाई समान व्यवहार गरी विद्यालय पठाउनुपर्ने बताए ।
उनले विकास र समृद्धितर्फ मुलुक अघि बढेको बताउँदै रौतहट क्षेत्र नम्बर ३ पनि विकासको मुलधारमा समाहित भएको बताए । सांसद साहले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत एवं अत्यावश्यक सेवा सुविधालाई तीनै तहको सरकारले प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताए साथै मौलापुरलाई साक्षर बनाउने संकल्प सहित नगरपालिकाले आयोजना गर्दै आएको यी र यस्ता रचनात्मक एवं दुरगामी महत्वका कार्यक्रमहरुले मानव विकास सूचकांकमा पछाडि रहेको रौतहटलाई माथि उकास्न विशेष सकरात्मक परिणाम एवं प्रेरणा प्राप्त हुने अपेक्षा एवं विश्वास रहेकाे सांसद साहले अपेक्षा राखेका हुन । त्यस क्रममा विभिन्न नाटक, गीत संगीतको प्रस्तुती गरिएको थियो । त्यसै क्रममा बिद्यालयको प्राग्नममा विभीन्न जात जातिका बोट बिरुवाहरु रोपेका थिए ।राष्ट्रीय कलाकार जस्तै प्रस्तुती गरें साथ साथ यस नगरमा क्रिकेट खेलाडीले राष्ट्रीय जस्तै प्रदर्शन गरेका थिए। यो भुमि देवका देवकोको भूमि रहेको दुनियालाई कल्याण गर्नलाइ यस भूमि अग्रगामी कार्यदिशाका साथ अगाडी बढ्दै आउने दिनमा यहाँ बच्चा देश व्यापी रूपमा अगाडी बढ्दै गएको छ।युक्त कार्यक्रममा मौलापुरका नगरप्रमुख रिनाकुमारी,मधेश प्रदेश अध्यक्ष उमेश कुश्वाहा, जिल्ला ईन्चार्ज त्रिभुवन साह, मेयर प्रत्यासी विजय यादव,आम महिला मोर्चाका केन्द्रीय अध्यक्ष कुमारी बबिता, मौलापुरका नगरप्रमुख रिनाकुमारी लगायतका उपस्थीत थिए ।
प्रतिक्रिया