लोसपा छाडेर राजेन्द्र महतोले गरे नयाँ राजनीतिक अभियानको घोषणा

न्यूज डेस्क     २०८० फाल्गुन १५, मंगलवार ०६:५९ बजे मा प्रकासित


जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छोडेर नयाँ वैकल्पिक राजनीतिक अभियानको घोषणा गरेका छन् ।

 

काठमाडौंमा आज पत्रकार सम्मेलन गरी महतोले लोसपा छोडेर नयाँ राजनीतिक अभियान सुरु गरेको घोषणा गरेका हुन् । उनले आदिवासी जनजातिका अधिकार थप सुनिश्चित गर्न अभियानमार्फत् वैकल्पिक शक्ति निर्माण गर्ने बताए ।

 

बहुराष्ट्रिय राज्य स्थापनाका लागि आफ्नो अभियानले काम गर्ने उनको भनाइ छ । महतोले अभियानमा विचार मिल्ने जोसुकैसँग सहकार्य हुनसक्ने बताएका छन् । बहुल राष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति क्रान्तिको नाममा उनले आजैदेखि प्रशिक्षणको कार्यक्रमसमेत सञ्चालन गर्ने जानकारी दिए ।

 

लोसपा अध्यक्ष महन्थ ठाकुरले एकलौटी ढंगले पार्टी सञ्चालन गरेको र विनासल्लाह पदाधिकारी थपेको भन्दै महतो असन्तुष्ट बन्दै आएका थिए ।

प्रतिक्रिया





Top